विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नजिक पुगेको छ ।

वल्डोमिटर्सको बिहानको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ९६ लाख २८ हजार ३ सय ८० पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण विश्भरमा १२ लाख ४७ हजार ८ सय ७८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै विश्वमा तीन करोड ५२ लाख ३७ हजार ४ सय २० जना संक्रमित उपचारपछि निको भएका छन् ।

एकैदिन सबै भन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा एकैदिन १ लाख २१ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने एकैदिन ११ सय ४९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनु

तपाईको प्रतिक्रिया