जम्मु-कश्मीर स्थित लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी सेनाबाट युद्धविराम उल्लंघन भएपछि भारतीय सेनाले गोली चलाएको छ।

एएनआइका अनुसासार भारततर्फ ३  सैनिक मारिएका छन् भने पाकिस्तानका ८ जनाको मृत्यु भएको छ।

दुवैतर्फ केही नागरिकको पनि ज्यान गएको बताइएको छ। एलओसीमा पाकिस्तानी सेनाका बंकर र झण्डा समेत ध्वस्त पारिएको छ।

तपाईको प्रतिक्रिया