प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ
काठमाडौं : सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पद...

अध्यक्ष र प्रधानमन्त्रीबाट मलाई हट्न भनिएको छ, मैले प्रचण्डलाई हट्न भन्यो भने के हुन्छ?: ओली

अध्यक्ष र प्रधानमन्त्रीबाट मलाई हट्न भनिएको छ, मैले प्रचण्डलाई हट्न भन्यो भने के हुन्छ?: ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कि आफू कि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हट्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै नेकपा अध्यक्ष ओलीले राजनीतिक जीवनमा आफूले पहिलोपटक यति तल्लोस्तरको लाञ्छना खेप्नुपरेको बताउँदै अब वार कि पारको अवस्था आएको चेतावनी दिएका हुन्। बुधबार सचिवालय बैठकमा अध्यक्ष ओलीले गरेको सम्बोधनको पूर्...

विश्वमा तीन करोड ९३ लाख संक्रमित कोरोना संक्रमणमुक्त

विश्वमा तीन करोड ९३ लाख संक्रमित कोरोना संक्रमणमुक्त
काठमाडौं । विश्वमा तीन करोड ९३ लाख २० हजार ३४ जना संक्रमित उपचारपछि निको भएका छन् । सबै भन्दा धेरै संक्रमित भारतमा निको भएका छन् । भारतमा रहेका ८९ लाख ५८ हजार १ सय ४३ जना संक्रमितमध्ये ८३ लाख ८१ हजार ७सय ७० जना उपचारपछि निको भएका छन् । त्यस्तै अमेरिकामा रहेका एक करोड १८ लाख६९ हजार २ सय ८९ संक्रमित मध्ये ७१ लाख ५८ हजार ५सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् । त्यस्तै ब्राजिलमा रहेका ५९...

एकैदिन डिस्चार्ज भए ३,५३८ जना, थपिए १,४४२ संक्रमित

एकैदिन डिस्चार्ज भए ३,५३८ जना, थपिए १,४४२ संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनासहित हालसम्म १ हजार २ सय ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बुधबार १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । त्यस्तै आज ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कने...

राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध होऔंः प्रधानमन्त्री

राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध होऔंः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्...

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाटका लागि शितल निवास पुगेका छन्। सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन्। राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन। नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ। नेकपाको सचिवालय बैठकमा का...

नेकपा विवाद: आ-आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह

नेकपा विवाद: आ-आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह
काठमाडाैँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए । नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खना...

नेकपा सचिवालय नै ‘विभाजित’

नेकपा सचिवालय नै ‘विभाजित’
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ थापासँगको भेटमा पार्टीभित्रको विवाद मिलाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गरिन् । यी दुवै भेटमा थापाले स्थायी कमिटी बैठकले गरेका निर्णय का...

विश्वमा संक्रमितको संख्या चार करोड ९६ लाख नाघ्यो

विश्वमा  संक्रमितको संख्या चार करोड ९६ लाख नाघ्यो
 विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नजिक पुगेको छ । वल्डोमिटर्सको बिहानको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ९६ लाख २८ हजार ३ सय ८० पुगेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण विश्भरमा १२ लाख ४७ हजार ८ सय ७८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै विश्वमा तीन करोड ५२ लाख ३७ हजार ४ सय २० जना संक्रमित उपचारपछि निको भएका छन् । एकैदिन सबै भन्दा धेरै संक्रम...

बालुवाटारमा ओली–दाहाल भनाभन, झन् चिसियो सम्बन्ध

बालुवाटारमा ओली–दाहाल भनाभन, झन् चिसियो सम्बन्ध
काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग परामर्शमा थिए । दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए । त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी...